काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ बुधबार घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १२५ रुपैयाँमा किनबेच भएको थियो।