काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार १०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।