काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते (सोमबार) २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले जेठ १० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असार ७ गते परिपक्व हुनेछ।
यसैगरी बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ ७ गते परिपक्व हुनेछ।
यसैगरी बैंकले १८२ का लागि १२ अर्ब ४७ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल भने आउँदो मंसिर ६ गते परिपक्व हुनेछ।
बैंकले २०८० जेठ ९ गते परिवक्व हुने गरी ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
9 minutes ago
26 minutes ago
36 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago