काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।