काठमाण्डौ । नेपाली बजारमा लगातार दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।