काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।