काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।