काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।