काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रम काठमाण्डौको कमलादीस्थित ग्लोबल आइएमई बैंकको कार्यालयमा भएको थियो। 

बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्नेछ। यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ११.२५% ब्याज पाउनेछन्।