काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले ओरालो लागेको थियो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।