काठमाण्डौ । एक चिनियाँ यात्रीले टर्कीको इस्तानबुल विमानस्थलमा एक बोतल ह्विस्कीका लागि लगभग ६ करोड रुपैयाँ खर्च गरेका छन्।
ती चिनियाँ यात्रीले विमानस्थलको ड्युटी फ्री शपमा ४ लाख ८८ हजार डलरमा एक बोलत ह्विस्की किनेका हुन्। त्यो कुनै चानचुने ह्विस्की भने होइन। त्यो जापानमा बनेको दुर्लभ ह्विस्की हो। जुन ५५ वर्ष पुरानो थियो।
ह्विस्की नाम यामाजाकी रहेको छ। जुन निकै कम संख्यामा बनाइएको छ।
एयरपोर्ट वर्ल्डका अनुसार उक्त ड्युटी फ्री शपमा गत डिसेम्बरदेखि यामाजाकी ह्विस्की बेच्न राखिएको थियो। ५५ वर्ष पुरानो यो ह्विस्की सिंगल माल्ट ह्विस्की थियो।
निकै कम मात्रामा रहेका कारण यो ह्विस्की किन्नका लागि ग्राहकलाई बोलकबोल गर्न लगाइएको थियो। जहाँ ती चिनियाँ यात्रुले ७ ग्राहकलाई पछि पार्दै उक्त ह्विस्की खरिद गर्न सफल भए।
उक्त ड्युटी फ्री शपका सीईओ अली सेनहरे यामाजाकी ह्विस्की बिक्री भएकोमा निकै दंग थिए। ‘हामी निकै उत्साहित भएका छौँ, उक्त ह्विस्की बिक्री भएको दिन हाम्रो स्टोर ऐतिहासिक दिन बनेको छ’, उनले भने।
यामाजाकी ह्विस्की बनाउने कम्पनी हाउस अफ सुनटोरीले उक्त ह्विस्कीमा चन्दनको बासना आउने जनाएको छ। ह्विस्कीको बोतल पनि जापानको मिजुनारा काठले बनेको बाकसमा राखिएको थियो। सुनटोरीका एक अधिकारी शिन्जी फुकुयो भन्छन्, ‘यामाजाकी ५५ ह्विस्की निकै शान्त र रहस्मय रहेको छ।’ – एजेन्सी
5 minutes ago
30 minutes ago
37 minutes ago
45 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago