काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।
6 minutes ago
28 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago