काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामै ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।
19 minutes ago
21 minutes ago
27 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago