काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago