काठमाण्डौ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले बुधबार अचानक रिपो दर ४० आधार विन्दुले बढाउने निर्णय गरेपछि भारतीय सेयर बजारमा भारी अंकको गिरावट आएको छ। 

रिपो दर बढाउने निर्णयले बीएसईको सेन्सेक्स १३०७ अंकले घटेको छ भने एनएसई परिसूचक निफ्टीमा ३९१ अंकको गिरावट आएको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार सेन्सेक्स २.२९ प्रतिशतले घटेर ५५६६९ र निफ्टी ३९१.५० अंकले झरेर १६६७७ को विन्दुमा बन्द भएका छन्। 

सेन्सेक्समा पावर ग्रिड, एनटीपीसी र कोटक बैंकको सेयरमूल्यमा सामान्य वृद्धि भएको छ। बीएसई मिडक्याप र स्मलक्याप ६०० भन्दा बढी अंक गुमाए। निफ्टीका सबै ११ सूचकमा गिरावट आएको छ।

मिडिया इन्डेक्समा सबैभन्दा बढी ४.२९ प्रतिशत गिरावट आएको छ। त्यसपछि मेटल र रियल्टी परिसूचकमा गिरावट आएको छ। –एजेन्सी