काठमाण्डौ । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ। 

केन्द्रीय कार्यालय पानीपोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । 

आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धी नाराअंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो ।  हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।