काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ।
यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको छ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिनेछ। बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ।
वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ।
आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ६० शाखारहित बैंकिङ इकाइ तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।
7 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago