काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको १२.६ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। 

सोही सभाले विगतका साधारणसभाबाट समेत निर्णय गरेअनुरुप रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गाभिने÷समाहित हुने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको नगद लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।