काठमाण्डौ । नेपालमा ‘राइड सेयर’ सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ’ पनि नेपालमा प्रवेश गरेको छ। ‘इनड्राइभ’ले राइड सेयर कम्पनीहरुको भीडमा विस्तारै लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुका लागि सस्तो भाडा र चालकका लागि कुनै ‘कमिसन’ नभएका कारण यो लोकप्रिय रहँदै आएको छ।
एसिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाण्डौमा छन्। नेपाली सञ्चारमाध्यमसँगको अन्तर्क्रियामा उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका छन्।
कार्यक्रममा इर्मोसिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए। ‘हामी अनुसन्धान र विकास गतिविधिमार्फत नयाँ बजारहरु परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौँ’, उनले भने, ‘नेपालमा हामीले कुनै शुल्क वा कमिसन नलिई नागरिकलाई ‘इनड्राइभ’ एप प्रदान गर्दैछौँ। यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवाहरु सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गर्दछ।’
‘हामी सान्दर्भिक सरकारी निकायसँग सम्पर्कमा छौँ र आधिकारिक सुरुआत गर्नुअघि कानुनद्वारा आवश्यक इजाजतपत्र र स्वीकृतिहरू प्राप्त गर्न प्रतिबद्ध छौँ’, राइड–हेलिङ (एपीएसी) इनड्राइभका निर्देशक एर्मोसिनले भने।
वर्षौंदेखि विकसित हुँदै इनड्राइभर (स्वतन्त्र चालकहरु) हाल इनड्राइभ (इनर ड्राइभ)का रुपमा सहरी सेवाहरूका लागि मार्केटप्लेसमा परिणत भएको छ। इनड्राइभ यात्रुहरुद्वारा सञ्चालित कम्पनी हो। जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड–हेलिङ एपहरु बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इनड्राइभले प्रमाणित गर्दै आएको छ। इनड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्दछन्।
आज इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्तालाई निरन्तर सेवा दिइरहेको छ।
8 hours ago
19 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago