काठमाण्डौ । टु ह्विलर कम्पनी रोयल इन्फिल्डले सन् २०१९ वरेन्टेड बुलेट ३५० र बुलेट ३५० ईएस मोटरसाइकल भारतीय बजारमा ल्याएको छ ।

यी दुवै मोटरसाइकलमा मूल्य भारतको नयाँदिल्ली एक्सशोरुमा क्रमशः नेरु १.७९ लाख र २.०१ लाख रहेको छ । यी दुवै मोटरसाइकल यसअघि कम्पनीले उत्पादन गरेको स्ट्यान्डर्ड वरेन्टड बुटेल ३५० भन्दा नेरु १५ हजार र इलेक्ट्रिक स्टार्ट वरेन्टेडभन्दा १४ हजार २७३ ले सस्ता छन् ।

कम्पनीले यी दुवै मोटरसाइकल चार रङ– बुटेल सिल्भर, सफायर ब्लू, ओनिक्स ब्ल्याक र ब्ल्याकमा पेस गरेको छ । उपभोक्ताले यी मोटरसाइकल भारु ५ हजार टोकन मनी दिएर बुक गर्न सक्छन् ।

यी दुवै मोटरसाइकलको डेलिभरी चालु अगस्ट महिनाको अन्त्यबाट हुने बताइएको छ । दुवै मोटरसाइकलमा स्पोक ह्विल लगाइएको छ भने ३४६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसको २८० एमएम डिस्क ब्रेक, सिंगल च्यानल एबीएस र १५३ एमएम ड्रम ब्रेक रहेको छ ।

यी दुवै मोटरसाइकलका उपभोक्ताले अब हरेक ६ महिना वा ५ हजार किलोमिटर यात्रापछि इन्जिन आयल बादल्नुपर्ने छैन । किनकि यी दुवै मोटरसाइकलमा इन्जिन आयल अब हरेक एक वर्ष वा १० हजार किलोमिटर यात्रा गरेपछि मात्र परिवर्तन गरे हुन्छ । – एजेन्सी