काठमाण्डौ । रोयल इनफिल्डले आफ्नो नयाँ बाइक ‘रोयल इनफिल्ड हन्टर ३५०’ को टेस्टिङ लामो समयदेखि गर्दै आइरहेको छ।
रोयल इनफिल्ड निकै लोकप्रिय बाइक हो। यो कम्पनीले अहिलेसम्मकै सस्तो मूल्यको रोयल इनफिल्ड हन्टर बजारमा ल्याउन लागेको छ।
आक्रामक ढंगले प्रचारप्रसार भइरहेको यो बाइकले अन्य कम्पनीका बाइकलाई कडा टक्कर दिने बताइएको छ। यो बाइकको नयाँ फिचर्स र डिजाइका बारेमा कम्पनीले जानकारी गराइसकेको छ।
यो बाइक यसअघिको रोयल इनफिल्ड मिटियर र नयाँ क्लासिक ३५० पछि पहिलो जे प्लेटफर्ममा आधारित बाइक हुनेछ।
हन्टरका अलावा कम्पनीले रोयल इनफिल्ड क्लासिक ३५० पनि लन्च गर्दैछ। यो बाइकमा कम्पनीले मिटियर ३५० मा प्रयोग गरिएको इन्जिन प्रयोग गर्न सक्ने बताइएको छ। – एजेन्सी
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago