काठमाण्डौ । सबै वर्ग र पुस्ताले अत्यधिक रुचाएको र सबैको रोजाइ बन्न सफल बाइक हो, रोयल इनफिल्ड । वर्षौंदेखि युवापुस्ता र उमेर ढल्केका मानिसले यो बाइकलाई आफ्नो रोजाइ बनाइरहेका छन् ।

रोयल इनफिल्डले ‘क्लासिक ३५०’ को सिंगल च्यानल एबीएस भर्जन भारतमा लन्च गरिएको छ । यहाँ हामी तपाइँलाई यो मोडेलका बारेमा केही महत्वपूर्ण जानकारी दिँदैछौँ ।

रोयल इनफिल्ड क्लासिक ३५० को सिंगल च्यानल एबीएस भर्जन तत्कालका लागि भारतको केरेला र तामिलनाडु राज्यमा मात्र बिक्रीवितरण हुनेछ । मूल्यको कुरा गर्नुपर्दा यसको सुरुआती शोरुम मूल्य नेरु २ लाख ३३ हजार ५६० रुपैयाँ तोकिएको छ । ड्युल च्यानल एबीएसको मूल्य भने नेरु २ लाख ४६ २४० रुपैयाँ तोकिएको छ । यो सिंगल च्यानल एबीएस मोडलको तुलनामा नेरु १२ हजार ६८० रुपैयाँ सस्तो पर्न आउँछ ।

सिंगल च्यानल एबीएस भर्जन पिओर ब्ल्याक र मर्करी सिल्भर गरी दुई रङमा उपलब्ध हुनेछ । नयाँ क्लासिक ३५० भेरिएन्टका ह्विल्स, रियर भ्यु मिरर, इन्जिन र फेन्डर्सजस्ता केही सामग्री कालो रङमा उपलब्ध छन् ।

३५० सिंगल च्यानल एबीएस भर्जनमा टु–डी ग्राफिक्स र क्लासिक स्टाइल हेड ल्याम्प पनि रहेको छ । इन्जिन र पावरको कुरा गर्नुपर्दा यसमा पहिलेजस्तै ३४६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ, जुन ५२५० आरपीएममा २०।१ बीपीएचको पावर र चार हजार आरपीएममा २८ एनएम टार्क जेनेरेट गर्छ । यसको इन्जिन फाइभ स्पिड ट्रान्समिसनमा आधारित छ ।

यो बाइक नेपाली बजारमा भने केही समयपछि मात्र आउने बताइएको छ । – एजेन्सी