काठमाण्डौ ।  रोयल इनफिल्ड ब्रान्डले आइतबार आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५० सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङहरुमा एअरबोर्न ब्लु र स्टोरम्रिडर स्यान्ड सर्वजनिक गरेको छ।

रेट्रोलुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाका लागि ड्युल च्यानल एबीएस पनि  राखिएको छ। सुरुआती दिनहरुदेखि नै सफलता हासिल गर्दै आएको रोयल इनफिल्ड ब्रान्डका मोटरसाइकलहरुले आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको हो। आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए पनि यस मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने कम्पनीको दाबी छ। 

नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा यो बाइक बिक्री प्रवद्र्घन सुरु गर्ने भएको छ। आजैबाट बुकिङ तथा बिक्रीवितरण सुरु गरिएको यो मोटरसाइकलको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।