काठमाण्डौ । रोयल इन्फिल्डले छिटै नयाँ २ शानदार बाइक ल्याउने तयारी गरिरहेको छ।

कम्पनीले भारतमा रोयल इन्फिल्ड सटगन ६५० र रोयल इन्फिल्ड स्क्र्याम ४०० बाइक लन्च गर्ने तयारी गरेको हो। हालै यी दुवै बाइक एकसाथ टेस्टिङका क्रममा देखिएका थिए। 

रोयल इन्फिल्ड ६५० सीसी सेमगेन्टमा एक क्रुजर बाइक लन्च गर्न लागेको छ। जसलाई सटगनका नाममा बजारमा ल्याउन लागिएको हो। यसका साथै अर्को रोयल इन्फिल्ड स्क्र्याम ४०० पनि कम्पनीले ल्याउने सम्भावना रहेको छ। 

यसअघि कम्पनीले हरेक वर्ष कम्तीमा ४ वटा नयाँ बाइक लन्च गर्ने घोषणा गरेको छ। यो वर्ष अहिलेसम्म कम्पनीले आरई हिमालय, आरई इन्टरसेप्टर एन्ड कन्टिनेन्टल ६५० जीटी ट्विन्स र अल न्यु क्लासिक ३५० जस्ता बाइक लन्च गरिसकेको छ। आउने फेस्टिबल सिजनमा  कम्पनीले कम से कम एउटा बाइक लन्च गर्ने सम्भावना छ।

कम्पनीले नयाँ सार्वजनिक गर्ने बाइकका बारेमा आधिकारिक जानकारी भने गराइसकेको छैन। तर भारतमा रोयल इन्फिल्डको क्रुजर बाइकहरु आउने सम्भावना रहेको छ। हाल रोयल सटगन ६५० र स्क्र्याम ४०० शानदार लुक र लेटेस्ट फिचर्सका साथ पेस गरिने सम्भावना पनि उत्तिकै रहेको जानकारहरु बताउँछन्। – एजेन्सी