काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कात्तिक ३ गते सोमबार रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा संचालनमा ल्याएको छ । 

बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले एक समारोहका बीच गरे ।

सो अवसरमा केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिए । 

शाखा बिस्तारसँगै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग हुने बैंकले विश्वास व्यक्त गरेको छ ।