काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि नेपालसहित विश्वका अधिकांश देशहरुमा लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्।

लकडाउन र प्रतिबन्धका कारण व्यापार–व्यवसायमा प्रतिकूल प्रभाव परेको छ। तर अब विश्वका केही देशहरुमा लकडाउनलाई खुुकुुलो पारिएका छन् र यसका कारण शैलुुनहरु पनि खोलिएका छन्। 

अमेरिकामा शैलुुन खुलेपछि त्यहाँकी एकजना शैलुुन सञ्चालिका केही घन्टामा नै लखपति बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रकाशित भएका छन्। 

अमेरिकाको कोलोराडो राज्यमा लकडाउनपछि फेरि एकपटक शैलुुनहरु खुुलेका छन्। यस्तोमा त्यहाँको एउटा शैलुुनकी सञ्चालिका र हेयर स्टाइलिस्ट इलिसिया नोवोटनी आफ्नो शैलुुनमा ग्राहक कुुरेर बसेकी थिइन्। दिनको करिब १ बजे उनको शैलुुनमा एकजना ग्राहक आए र कपाल कटाएपछि नोवोटनीलाई टिप्स स्वरुप २.५ हजार डलर हातमा थमाएर गए। यतिमात्रै होइन ती ग्राहकले शैलुुनका म्यानेजरलाई १ हजार डलर र रिसेप्सनिस्टलाई ५०० डलर दिएको शैलुुन सञ्चालिकाले बताएकी छन्। 

यो रकमलाई नेपालीमा रुपान्तरण गर्दा तीन लाखभन्दा हुुन आउँछ। शैलुुन सञ्चालिकाले ती दानी ग्राहकलाई धन्यवाद दिँदै यो रकम आफूले अप्ठेरो समयमा प्राप्त गरेको र यसको आफूलाई अति नै आवश्यक रहेको बताएकी छन्। उनले यो रकम आफ्नो लागि कति महत्वपूर्ण छ भनेर शब्दमा बयान गर्न नसक्ने बताइन्। – एजेन्सी