काठमाण्डौ। कोरोनाभाइरस महामारी चलिरहेका बेला लकडाउनको असर दाम्पत्य जीवनमा पनि परिरहेको छ। घरमा एकैसाथ लामो समयसम्म बिताइरहेका पति–पत्नीका बीच तनाव देखा पर्न थालेका छन्।

लकडाउनका बीच जापानमा सोसल मिडियामा कोरोना डिभोर्सको टेन्ड चलेको छ। विशेषगरी ट्विटर निराश पत्नीहरुको लापरबाहीप्रति रिस पोख्ने प्लेटफर्मको मुुख्य ठाउँ बनिरहेको छ। मेरो श्रीमान् रक्सी पिएर यताउता घुुम्छ। आफ्नो हात धुुुँदैनन् र किचनमा के गर्नेबारे उनलाई थाहा छैन। यस किसिमको मतभेद पतिपत्नीका बीच पाइन्छ।

सम्बन्धविच्छेदका मामलाका जानकार वकिल चाई गोटो आफ्नो ब्लगमा लेख्छन्, ‘वैवाहिक जोडीले यस्तो परिस्थितिको सामना गरिरहेका छन् जुुन पहिले गरिएको थिएन।’ 

पुुरुष या त घरबाटै काम गरिरहेका छन् या त उनको जागिर गएको छ। बच्चाहरुलाई हरसम्भव घरमै बस्न निर्देशन दिइएको छ। छुुट्टीका दिनमा समेत घरबाहिर निक्लन मनाही गरिएको छ।

घर कामकाजको ठाउँ बनिरहेको गोटो लेख्छन्, ‘जसका कारण पारिवारिक जीवनमा सबैभन्दा ठूलो समस्या पैदा भइरहेको छ।' 

वातावरण बदलिएकाले व्यक्तिहरु तनाव मुहुसुुस गरिरहेको उनको तर्क छ। जसले विवाह बन्धनमा दरार उत्पन्न हुुन थालेको छ। 

एक तथ्यांकानुुसार जापानमा करिब ३५ प्रतिशत दाम्पत्य जीवनमा डिभोर्स हुुने गर्छ। जापान वर्तमान परिस्थितिमा आगामी दिनमा डिभोर्सको माग बढ्न सक्छ। 

धेरै तनाव महसुुुस गरिरहेका जोडीका लागि गोटोले केही सुुझाव दिएका छन्। उनका अनुुसार आपसमा खुुला रुपमा विचारहरु आदानप्रदान गर्ने। 

यसका साथै सँगै मिलीजुुली खाना बनाउने, घरका काम बाँडफाँड गर्ने, हात धुुने नियम तय गर्ने र दोस्रो उपाय अपनाई भाइरस संक्रमणदेखि परिवारलाई बचाउन सकियोस्। – एजेन्सी