काठमाण्डौ । लकडाउनका कारण अवरुद्ध बनेको भोजमाण्डू फूड प्रालिको सेवा आजदेखि सुचारु भएको छ । 

भोजमाण्डू फूड प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल यादवका अनुसार लकडाउन केही खुकुलो भएसँगै कम्पनीले अवरुद्ध आफ्ना सबै सेवा सुचारु गरेको हो । 

यो कम्पनीले अनलाइन अर्डरका आधारमा फूड आइटमको डेलिभरीको काम गर्दै आइरहेको छ । 

स्थापनाको एक वर्ष पूरा भई दोश्रो वर्षमा प्रवेश गरेको कम्पनीले आगामी दुई सातासम्मका लागि बिहानदेखि राति १२ बजेसम्म फूड आइटमहरुको होम डेलिभरी गर्ने जनाएको छ । 

कम्पनीले नयाँ बानेश्वरमा रहेको इट फिड(क्लाउड किचन)सँगको सहकार्यमा अर्डर भएका विभिन्न परिकार तथा खानाका आइटमहरुको डेलिभरी गर्दै आएको छ । 

दुई हप्तासम्म १२ बजे रातिसम्मै होम डेलिभरीको सेवा रहने र त्यसपछि अवस्था सहज भए बिहान ३ बजेसम्मै डेलिभरीको सेवा उपलब्ध गराइने यादवले जानकारी दिए । 

भोजमाण्डूले आफ्नो सेवा काठमाण्डौ उपत्यकाको चक्रपथभित्र र केही बाहिर प्रवाह गर्दै आएको छ । दिनको समयमा चक्रपथदेखि १५ किलोमिटरको दूरीसम्म फूड डेलिभरी गरिने र राति भने सुरक्षालाई ध्यानमा राखेर चक्रपथभित्रको अर्डर मात्र स्वीकार गरिने उनले जानकारी दिए । 

युवाहरुको समूहले स्थापना गरेको यो कम्पनीले एक वर्षको अवधिमै स्तरीय सेवा दिएर उपभोक्ताको मन जितेको छ । सेवालाई थप परिस्कृत गर्दै लगिने यादवले जानकारी दिए ।