काठमाण्डौ । आगामी जेठ २० गतेसम्म लकडाउन थप भए पनि पूूँजीबजारका विकास तथा विस्तारका लागि भने सुुवर्ण अवसर पनि मिलेको छ । यो अवसरका बेलामा बाँकी १५ दिनभित्र सहजताका साथ नियामक निकायहरुले बजारको विकास र विस्तारका लागि धेरै काम गर्नसक्ने भन्दै लगानीकर्ताका नेता र ब्रोकरले सुुझाव  दिएका छन् ।

लकडाउनकै अवधिभित्र नागरिक लगानीकोषलाई लकडाउन लगत्तै खुुल्ने धितोपत्र बजारमा स्टक डिलरका रुपमा अवतरण गराउन सकिने स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको धारणा छ । ब्रोकरहरुबाट प्रदान गरिने मार्जिन लेण्डिङका केही व्यवहारिक पाटोहरु संसोधनका रुपमा बोर्डमा अड्किएकाले त्यसलाई समेत लकडाउनकै बीच संसोधन भएमा बजारमा तरलता थप सहज हुुने उनको तर्क छ । 

जेठ १५ गते सार्वजनिक हुुने आगामी बजेटमा पनि सरकारले पूूँजीबजारलाई समेट्नुुपर्ने उनको जोड छ ।

घरमै बसेर अनलाइन कारोबार गर्ने प्रणाली विकासमा नेप्सेलाई जुुट्न नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको सुुझाव छ । पूूँजीबजारका लागि राहत प्याकेज ल्याइनुुपर्ने जिकिर गर्दै सेयर धितोकर्जाको मार्जिनको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशत कायम हुुनुुपर्ने र कोभिड १९ का दौरान मार्जिन कलका लागि लगानीकर्ताहरुलाई दवाब नदिन उनको माग छ ।

पूूर्ण स्वचालित धितोपत्र कारोबारका लागि पहल हुुुनुुपर्ने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको सुुझाव छ । अनलाइन कारोबारका अवरोधका पक्षलाई समाधान गर्दै जतिसक्दो धेरै अनलाइन सेयर कारोबारमा लगानीकर्ताको सहभागिता सुुनिश्चित गर्ने वातावरण बनाइनुुपर्ने उनको धारणा छ । 

बैंक इन्टीग्रेसनलाई पूूर्णता दिँदै सेयर बजारमा एकद्धार प्रणालीबाट सेवा प्रवाह बनाउन उनले सुुझाए ।

नेपाल पूूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने लकडाउनका बेला फूूलफेज अनलाइन बनाउन नेप्से जुुट्नुुपर्ने र ५८ बुँदे सुुझावमा बाँकी रहेका निर्देशनहरुलाई सम्बन्धित निकायहरुले कार्यान्वयन गर्न उनले सुुझाइन् ।

बैंक इन्टीग्रेसनसहित अनलाइन कारोबार एपबाट बनाउन लगानीकर्ता दवाब समूहका महासचिव नयन बास्तोलाको सुुझाव छ । धितो रहेको सेयर फुुकुुवा गर्दा पनि अनलाइनबाट बनाउन र ब्रोकर कमिसन घटाउन सम्बन्धित निकायले निर्देशन दिइनुुपर्ने उनको सुुझाव छ । 

घरबाटै डिम्याट खाता खोली धितोपत्र कारोबारका लागि प्रणाली विकास गर्ने उनले सल्लाह दिएका छन् ।

लकडाउनकै बीचमा पनि नियामकहरुले ब्रोकर कमिसन घटाउन र धितोपत्र खरिदबिक्री देशव्यापी अनलाइन प्रणालीबाट गर्न सक्ने वातावरण सिर्जना गर्न सकिने नेपाल पूूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीले धारणा राखेकी छिन् ।