काठमाण्डौ । टर्कीमा कोरोनाभाइरस ढिला गरी भित्रिएको थियो। त्यहाँ यो भाइरसको पहिलो संक्रमण १९ मार्चमा देखिएको थियो। तर छोटो अवधिमै देशका सबै कुुनामा फैलियो।

एक महिनाभित्र नै टर्कीका सबै ८१ वटा प्रान्तमा कोरोना संक्रमण फैलिसकेको थियो। त्यतिबेलासम्म विश्वभर तीव्रगतिमा यो भाइरसको संक्रमण फैलिरहेको थियो। 

टर्कीको अवस्था चीन र बेलायतको भन्दा खराब बनेको थियो। टर्कीमा यो भाइरसबाट धेरै मानवीय क्षति हुने र इटलीलाई पनि पछाडि छोड्ने अनुुमान लगाइएको थियो। त्यतिबेला इटली विश्वको सबैभन्दा धेरै प्रभावित देश बन्न पुुगेको थियो। 

अहिले तीन महिना बितिसकेको छ। टर्कीको अवस्था परिवर्तन भएको छ। यो अवधिसम्म टर्कीले पूर्ण लकडाउन लागू गरेको थिएन। टर्कीमा आधिकारिक रुपमा ४ हजार ३९७ जनाको कोरोनाबाट मृत्युु भइसकेको छ। तर यो संख्या दोब्बर हुुन सक्ने दाबी गरिँदैछ। किनकि टर्कीमा तिनै मृतकको आँकडामा समावेश गरिएको छ, जसलाई कोरोना पोजेटिभ देखिएको थियो। तर अन्य देशको तुुलनामा हेर्दा सवा ८ करोड जनसंख्या भएको यो देशका लागि यो संख्या कम नै हो। 

भिन्न प्रकारको लकडाउन 

विशेषज्ञहरुले कोरोनाका कारण विश्वका देशहरुमा निरन्तर मृत्युु भइरहँदा कोरोना संक्रमणको विषयलाई लिएर कुुनै निष्कर्षमा पुुग्नुु या त कुुनै देशको आँकडालाई तुुलना गर्नुु मुुश्किल हुुने चेतावनी दिएका छन्। तर युुनिभर्सिटी अफ केन्टमा भायरोलोजीका प्राध्यापक डा जेरोमी रोसम्यानका अनुुसार टर्कीले सम्भावित जोखिमलाई टारिसकेको छ। उनले बीबीसीसँगको अन्तर्वार्तामा भने “कोरोनाभाइरसविरुद्ध सबैभन्दा चाँडो प्रतिक्रिया जनाउनेजस्तै परीक्षण गर्ने, पहिचान गर्ने, संक्रमितलाई अलग्याउने देशहरुमध्ये टर्की पनि एक हो। टर्की ती देशमध्ये एक हो जसलाई कोरोनाको गतिलाई प्रभावकारी ढंगले कम गर्न सफलता प्राप्त भएको थियो।” 

टर्कीमा जब कोरोनाको संक्रमण तीव्रगतिमा फैलिरहेको थियो तब त्यहाँका अधिकारीहरुले दैनिक जीवनका क्षेत्रहरुमा विभिन्न प्रकारका प्रतिबन्धहरु लगाएका थिए। कफी सप जान, किनमेल गर्न, मस्जिदमा सामूहिक रुपमा प्राथना गर्न रोक लगाइएको थियो। ६५ वर्षभन्दा माथि र २० वर्षभन्दा कम उमेरका मानिसहरुलाई पूर्ण रुपमा लकडाउनमा बन्द गरिएको थियो। 

सप्ताहन्तमा कफ्र्युु लगाइएको थियो भने र मुुख्य सहरहरुलाई सिल गरिएको थियो। इस्तानबुुल महामारीको केन्द्र बनेको थियो। कोरोनाको प्रभावपश्चात यो सहरले आफ्नो गति गुुमाएको थियो। 

टर्कीले भाइरसलाई कसरी ट्रयाक गर्ने गर्छ त ?

टर्कीमा लागू गरिएका प्रतिबन्धहरुलाई विस्तारै खुुकुलो पारिँदैछ तर डाक्टर मेले नुुर असलान अझै पनि सचेत छिन्। उनी फतिह जिल्लाको स्वास्थ्य सेवाको निर्देशक छिन्। यो इस्तानबुुलको केन्द्रमा रहेको भीडभाडयुुक्त क्षेत्र हो। 

ऊर्जावान र बोलक्कड डा असलान कन्ट्याक्ट ट्रेसिङ अभियानको नेतृत्व गरिरहेकी छन्। पूरै टर्कीमा उनीजस्तै ६ हजार समूह छ। उनी आफूहरुलाई युुद्ध क्षेत्रमा रहेको जस्तै लाग्ने गरेको बताउँछिन्। “मेरो समूहका सदस्यहरु घर जान पनि बिर्सने गर्छन्। आठ घन्टा व्यतीत हुँुदा पनि उनीहरु काममै व्यस्त हुुने गर्छन्। उनीहरु घर जान पनि पर्वाह गर्दैैनन् किनकि उनीहरुलाई राम्रोसँग थाहा छ कि उनीहरु आफ्नो जिम्मेवारी निभाइरहेका छन्”, असलान भन्छिन्। 

डा असलानका अनुुसार उनीहरुले मार्च ११ गतेदेखि नै कोरोना संक्रमणलाई ट्रयाक गर्न सुुरु गरिसकेका थिए। यसमा दादुुरालाई ट्रयाक गर्ने उनको अनुुभव सहयोगसिद्ध भएको थियो। उनी भन्छिन्, “हाम्रो योजना तयार अवस्थामा थियो। हामीले केवल अलमारीबाट आफ्ना फाइलहरु निकाल्यौ र काममा लाग्यौँ।” 

टर्कीले प्रयोग गरेको थियो हाइड्रोक्लोरोक्विन 

टर्कीका लागि विश्व स्वास्थ्य संगठनका कार्यकारी प्रमुुख डा इरशाद शेखका अनुसार टर्कीसँग विश्वका लागि उपयोगी सार्वजनिक स्वास्थ्यका कयौँ पाठहरु छन्। उनी भन्छिन्, “सुुरुआतमा हामी चिन्तित थियौँ। दैनिक रुपमा साढे तीन हजार नयाँ केसहरु देखिँदै थिए। तर परीक्षणले धेरै नै राम्रो काम गर्यो र नतिजाका लागि मानिसहरुलाई ५–६ दिन कुुर्नुु परेन।’

उनी टर्कीको सफलताको श्रेय कन्ट्रयाक्ट ट्रेसिङ, क्वारेन्टाइन र अलग गर्ने नीतिलाई दिन्छिन्। टर्कीमा कोरोना संक्रमितको उपचारमा हाइड्रोक्लोरोक्विन पनि प्रयोग गरिएको थियो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधि सेवन गर्ने गरेका थिए तर पछि अन्तर्राष्ट्रिय अनुुसन्धान र विश्व स्वास्थ्य संगठनले यो औषधिको प्रभावकारीलाई खारेज गरेका थिए। विश्व स्वास्थय संगठनले कोरोनाविरुद्धको उपचारमा यो औषधिको परीक्षणमा रोक लगाएको थियो। 

मेडिकल जर्नल लासेन्टमा प्रकाशित एक अनुुसन्धानका अनुुसार यो औषधिको प्रयोगले ह्दयघातको जोखिम बढ्ने गर्दछ र यसबाट फाइदाभन्दा पनि बढि नोक्सान हुुने गर्दछ। टर्कीमा अन्य देशको तुुलनामा चाँडो नै क्लोरोक्विनको प्रयोग गरिएको थियो। यहाँका डाक्टरहरु यसको प्रयोग प्रभावकारी देखिएकाले यसलाई प्रयोग गर्न टर्कीमा कुुनै रोकटोक नभएको बताउँछन्। यसका साथै यसको प्रयोगले बिरामीहरुमा सकारात्मक परिणामहरु देखिएको उनीहरु मान्दछन्। 

टर्कीमा क्लोरोक्विनको अलावा प्लाज्मा र अक्सिजनको पनि अत्यधिक प्रयोग हुुने गरेको छ। डाक्टर यियित गर्वसँग भन्दछन् कि टर्कीमा कोरोनाबाट हुुने मृत्युु दर एक प्रतिशतभन्दा कम छ। यहाँका सघन उपचार कक्षका बेडहरु खाली देखिन्छन्। यहाका डाक्टरहरु कोरोना संक्रमितलाई सघन उपचार कक्ष र बिना भेन्टीलेटर राख्ने प्रयास गर्ने गर्दछन्। 

लडाइँ अझै पूरा भएको छैन

टर्की मेडिकल एसोसियसनले अहिले नै महामारीविरुद्ध सरकारको प्रतिक्रियाहरुलाई क्लिन चिट प्रदान गरेको छैन। एसोसिएसनका अनुसार सरकारले महामारीविरुद्ध चालेका कयौँ कदमहरुमा केही कमी देखिएको जनाएको छ। यसमा देशको सीमाना खुुला गर्नुु पनि समावेश छ। तर विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको लडाइमा टर्कीलाई श्रेय दिएको छ। टर्कीले चालेका कदमहरुले त्यहाँ कोरोनाको नियन्त्रण र रोकथाममा सकारात्मक परिणाम दिलाएको भन्दै विश्व स्वास्थय संगठनले टर्की सरकारको प्रशंसा गरेको छ। तर युुवा जमातको संख्या धेरै र आईसीयू बेडको पार्यप्तताका बाबजुुत पनि टर्कीमा दैनिक रुपमा करिब एक हजार नयाँ केसहरु देखिँदैछन्। कोरोनाविरुद्धको लडाइमा टर्कीलाई एक उदाहरणका रुपमा लिइँदैछ तर अझै पनि त्यहाँ सावधानी अपनाउनुुपर्ने देखिएको विज्ञहरु बताउँछन्। – एजेन्सी