काठमाण्डौ । विश्वविख्यात मर्सिडिज बेन्ज कारमा आगो लाग्ने समस्या देखिएको छ। यस्तो समस्या कुलिङ पम्प चिसो नहुँदा आएको हो।
कार बिक्री भएको लामो समयपछि थाहा भएका कारण कम्पनीले फिर्ता मगाउन पनि असम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर यो समस्याले झन्डै ८ लाख कारधनी प्रभावित हुने उनीहरुको दाबी छ।
जर्मनीको एउटा मर्सिडिज कार निर्माण गर्ने प्लान्टले यस्तो समस्या पहिचान गरेको हो। समस्या पहिचान भए पनि आवश्यक पार्ट उपलब्ध नभएका कारण कम्पनीले अब कार फिर्ता नलिने तर कार मालिकहरुलाई कम्पनीमा सम्पर्क गर्न लगाइने बताइएको छ।
कम्पनीले कार मालिकहरुलाई पत्र पठाउँदै कार सावधानीपूर्वक चलाउन र अधिकतम प्रयोग घटाउन सुझाव पनि दिएको छ। –एजेन्सी
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago