काठमाण्डौ । सेयर बजारमा लगातारको गिरावटको मार म्युुचुुअल फण्डहरुको प्रदर्शनमा परेको छ । बजारमा गिरावटको प्रभाव लक्ष्मी क्यापिटल मार्केट लिमीटेडका दुवै म्युुचुुअल फण्डहरुमा परेको देखिएको छ । कात्तिक मसान्तसम्म दुवै स्किमहरु घाटामा गएका छन् । 

यो अवधिमा लक्ष्मी भ्यालूू फण्ड १ को प्रति इकाई खूद मूल्य घटेर ११ रुपैयाँ ५३ पैसा कायम भएको छ । असोज मसान्तसम्म यस्तो मूल्य ११ रुपैयाँ ८१ पैसा थियो । 

यो स्किमले कात्तिक मसान्तसम्म सूचिकृत सेयरमा ३६ करोड ८६ लाख बढी र सार्वजनिक निश्कासनमा  ५४ हजार ४ सय ४० रुपैयाँ लगानी ग्रेको छ । बैंक मौज्दातको रुपमा यो स्किमको १० करोड ३७ लाख रुपैयाँ रहेको छ । मुद्धती निक्षेपमा ९ करोड राखेको छ । 

समीक्षा अवधिसम्म यो स्किम १ करोड ३१ लाख रुपैयाँ घाटामा छ । अघिल्लो महिना ९ लाख २३ हजार नाफामा थियो । 

लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई खूद मूल्य पनि घटेको छ । असोज मसान्तसम्म ९ रुपैयाँ ९५ पैसा रहेको यस्तो मूल्य घटेर ९ रुपैयाँ ६२ पैसा कायम भएको छ । 

यो अवधिसम्म यो फण्डले सूचिकृत सेयरमा ६२ करोड १४ लाख बढी लगानी गरेको छ भने सार्वजनिक निश्कासनमा १ लाख ३५ हजार लगानी गरेको छ । बैंक मुद्धती निक्षेपमा २५ करोड राखेको छ भने बैंक मौज्दातको रुपमा ३२ करोड ९३ लाख राखेको छ । 

यो स्किम असोज मसान्तसम्म ३८ लाख ५९ हजार घाटामा रहेकोमा कात्तिक मसान्तसम्म घाटा बढेर ४ करोड ४४ लाख माथि पुुगेको छ ।