काठमाडौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको आज बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। जसका कारण उक्त यो फन्डसँगै इकाइमूल्यमा १० प्रतिशत बढोत्तरी भएको थियो। सोही दिन लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य पनि १० प्रतिशतले नै उकालो लागेको थियो।