काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) असार महिनामा बढेको छ। 

गत आर्थिक वर्षको असार मसान्तमा यो कोषको न्याभ बढेर १४.९२ रुपैयाँ पुगेको हो। गत जेठमा न्याभ १४.१७ रुपैयाँ रहेको थियो। 

आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कोषअन्तर्गत सूचीकृत सेयरमा लगानी पनि घटेर ५२ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ। गत जेठमा सूचीकृत सेयरमा ५८ करोड ५५ लाख रुपैयाँ लगानी थियो। 

असार मसान्तसम्म यस कोषअन्तर्गत सार्वजनिक निष्कासनमा कुल ७३ लाख १८ हजार रुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी ६ लाख १२ हजार रुपैयाँ रहेको थियो।

असारसम्म यो कोषको कुल लगानी ५२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी ५८ करोड ६१ लाख रुपैयाँ रहेको थियो। 

कोषले असार मसान्तसम्म ३२ करोड १३ लाख रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय २७ करोड १८ लाख रुपैयाँ नाफा रहेको थियो। 

यसैगरी लक्ष्मी म्युचुअल फन्डअन्तर्गत नै सञ्चालित लक्ष्मी इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) भने असार महिनामा घटेको छ। 

गत आर्थिक वर्षको असार मसान्तमा यो फन्डको न्याभ घटेर १५.८१ रुपैयाँमा झरेको छ। गत जेठमा न्याभ १६.१३ रुपैयाँ रहेको थियो। 

आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यो फन्डअन्तर्गत सूचीकृत सेयरमा लगानी बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। गत जेठमा सूचीकृत सेयरमा ८८ करोड ३७ लाख रुपैयाँ लगानी थियो। 

असार मसान्तसम्म यस फन्डअन्तर्गत सार्वजनिक निष्कासनमा कुल ५६ लाख ४९ हजार रुपैयाँ र ऋणपत्र तथा बन्डमा ५ करोड ४१ लाख रुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी सार्वजनिक निष्कासनमा ४२ हजार रुपैयाँ र ऋणपत्र तथा बन्डमा ५ करोड ४१ हजार रुपैयाँ रहेको थियो। 

असारसम्म यो फन्डको कुल लगानी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ। जेठसम्म कुल लगानी ९३ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

कोषले असार मसान्तसम्म ७२ करोड ५७ लाख रुपैयाँ कुल आय गरेको छ। जेठ महिनामा कुल आय ६५ करोड ७४ लाख रुपैयाँ नाफा रहेको थियो। 

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेका लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई क्रमशः २५ र ३५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेका छन्।