काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धनमा संचालित ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पत्ति मुल्य(नेट एसेट भ्यालु) वृद्धि भएको छ ।

यो स्किमको फागुन मसान्तको तुलनामा चैत मसान्तसम्म नेट एसेट भ्यालुमा वृद्धि भएको हो ।

फागुन मसान्तसम्म ११ रुपैयाँ ५५ पैसा रहेको नेट एसेट भ्यालु बढेर १३ रुपैयाँ ४६ पैसा कायम भएको हो ।

यो स्किमको नाफामा पनि वृद्धि भएको छ । फागुन मसान्तसम्मको नाफा २ करोड ६३ लाख रुपैयाँ रहेकोमा चैत मसान्तसम्म वृद्धि भई १२ करोड १९ लाखको उचाईमा पुगेको छ ।

५० करोडबाट सुरु भएको यो फण्डमा चैत मसान्तसम्म सुचिकृत कम्पनीहरुको सेयरमा २२ करोड ९४ लाख, सार्वजनिक निश्कासनहरुमा १ करोड ३३ लाख लगानी गरेको छ । यो स्किमले ३५ सुचिकृत कम्पनीको २ लाख ५ हजार ३ सय ८५ कित्तामा लगानी गरेको छ ।

सुचिकृत कम्पनीको कुल लगानीमध्ये लक्ष्मी भ्यालु फण्ड १ ले सबैभन्दा धेरै नेपाल दुरसंचार कम्पनी लिमीटेडको ३५ हजार ७ सयमा लगानी गरेको छ । यो स्किमले ९ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ भने २२ करोड ३७ लाख रुपैयाँ बैंक ब्यालेन्स गरेको छ ।