काठमाण्डौ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै लक्ष्मी बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

काठमाण्डौमा सम्पन्न सभाले बैंकको चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारितसँगै बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। 

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ। 

आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँको रहेको छ। 

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो।