काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको पाँच वर्षे बन्दमुुखी 'लक्ष्मी भ्यालू फण्ड-१' को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) बढेको छ । 

यो स्किमको नेट एसेट भ्यालूू चैत मसान्तसम्म प्रति इकाई १३ रुपैयाँ ४६ पैसा रहेकोमा बैशाख मसान्तसम्ममा बढेर १३ रुपैयाँ ६१ पैसा पुुगेको हो । 

कुल ५० करोड रुपैयाँबाट सुरु भएको यो स्किमले बैशाख मसान्तसम्म २९ करोड ६२ लाख रुपैयाँ विभिन्न ४० कम्पनीका सूचिकृत सेयरमा र ९० लाख भन्दा बढी सार्वजनिक निश्कासनहरुमा लगानी गरेको छ । 

सूचिकृत सेयरमध्ये यो स्किमले सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी कम्पनी लिमीटेडको ४० हजार ३ सय ९० कित्ता खरीद गरेको छ । यो स्किमले ९ करोड रुपैयाँ मुद्धती खातामा राखेको छ भने २४ करोड ३३ लाख रुपैयाँ बैंकमा बचत छ । 

चैत अन्तिमसम्म यो स्किमले कुल १२ करोड १९ लाख खूद नाफा गरेकोमा बैशाख मसान्तसम्म यो बढेर १२ करोड ८६ लाखको उचाईमा पुुगेको छ ।