काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ५० करोड रुपैयाँबराबरको ‘शुभलक्ष्मी कोष’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ। 

धितोपत्र बोर्डले गत जेठ ३१ गते यो योजनाका इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक लक्ष्मी क्यापिट मार्केटले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइको बिक्री खुला गर्नेछ। 

यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकका रुपमा लक्ष्मी बैंक लिमिटेड रहेको छ। 

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत हाल २ वटा बन्दीमुखी योजनाहरु लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी उन्नति कोष सञचालनमा छन्।