काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकामा घरजग्गा किनेको छ। 

बैंक सञ्चालक समितिको निर्णयबमोजिम बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १ हात्तीसारमा १५ करोड रुपैयाँबराबरको घरजग्गा किनेको हो। 

बैंकले उक्त घरजग्गा स्वप्रयोजनका लागि किनेको जानकारी गराएको छ। उक्त घरजग्गा स्वामित्व हस्तान्तरण पनि भइसकेको बैंकले स्पष्ट पारेको छ।