काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले आउँदै गरेको दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकमाझ ल्याएको छ। यो ग्राहकमुखी योजना यही भदौ ३० गतेदेखि सुरु भएको छ।  

यस योजनाअन्तर्गत ग्राहकहरुले रु. ५ लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाख ५ हजारसम्मको नगद छुट पनि पाउन सक्नेछन्। यसका साथै यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन्। 

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।  

ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखी योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ।