काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले मोरङको विराटनगरमा सवा १८ करोड रुपैयाँको जग्गा किनेको छ। 

बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नंं ९ मा जग्गा किनेको हो। उक्त जग्गा १८ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको बैंकले जनाएको छ। 

स्वप्रयोजनका लागि खरिद गरिएको उक्त जग्गाको स्वामित्व हस्तान्तरणसमेत सम्पन्न भइसकेको बैंकले जनाएको छ।