काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञचालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ।
यो एक्सटेन्सन काउन्टरको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।
यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।
यसका साथै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
1 minute ago
24 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago