काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज १२ औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखाहरुमा विविध कार्यक्रम मनाएको छ।
२०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो। वार्षिकोत्सवका अवसरमा संस्थाले प्रदान गरेका लघुवित्त कार्यक्रममार्फत ग्राहक सदस्यको जीवनमा भएका सकारात्मक परिवर्तनका कथा तथा समसामयिक विषयवस्तु समेटिएको ‘लक्ष्मी स्मारिका २०७९’ संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संयुक्त रुपमा विमोचन गरेका छन्।
स्थापना दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने उद्देश्यले शाखा कार्यालयहरु ग्राहक, अभिभावक तथा विद्यार्थीलाई वित्तीय तथा डिजिटल साक्षरता, रक्तदान कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण, अनाथालयमा फलफूल, खाद्यान्न तथा झुल, सामाजिक अभियन्ताहरुको सहकार्यमा सरसफाइ संगै फोहोर संकलन सामग्री वितरणका कार्यक्रमहरु गरिएको थियो।
यसै अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। यसका साथै काठमाण्डौको नागार्जुन नपा–१ रानीबनस्थित मानव सेवा आश्रम मा सामजिक उत्तरदायित्वअन्तर्गत खाद्य सामग्रीहरु उपलब्ध गराइएको थियो।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा तथा संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले स्वागत मन्तव्यमा संयुक्त रुपमा हार्दिक बधाइ तथा संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए।
संस्थाले २०६९ जेठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार सुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लामा ९० वटा शाखा कार्यालयमार्फत १ लाख ५ हजार ८८६ ग्राहक सदस्यलाई प्रत्यक्ष वित्तीय सेवा पुरर्याएको छ। प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै प्रविधिमैत्री कार्यक्रम तथा सेवाहरु विस्तार गर्ने मूलभूत उद्देश्यसहित अगाडि बढिरहेको छ।
2 minutes ago
30 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago