काठमाण्डौ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकमाझ ल्याएको छ।
यो ग्राहकमुखी योजना आज चैत १३ गतेदेखि सुरु भएको छ। यस योजनाअन्तर्गत ग्राहकले रु. ५लाखसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षका आधारमा रु. २ लाखसम्मको छुट, नयाँ वर्ष बोनस रु. ८० हजारसम्म र एक्सचेन्ज बोनस रु. ८० हजारसम्मजस्ता अकर्षक अफर प्राप्त गर्न सक्नेछन्।
यो योजनामा ग्राहकले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्।
हुन्डाईले गएको महिनामात्रै VENUE र NIOS फेसलिफ्ट भर्जन लञ्च गरेको थियो। यस स्किमबाट हुन्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरी फाइदा लिन सक्नेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ।
यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago