काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड कोष प्रवद्र्धक तथा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड योजना व्यवस्थापक रहेको लक्ष्मी भ्यालूू फण्ड-१ ले इकाईधनीहरुलाई आज(आइतबार)देखि घोषित नगद लाभांश वितरण गर्ने भएको छ । 

लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट इकाईधनीहरुलाई २५ प्रतिशत योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको उल्लेख गर्दै आइतबारदेखि शुक्रबारसम्म तोकिएको समयमा आएर नगद लाभांश  बुुझ्न आह्वान गरेको हो।

सबै इकाईधनीहरुलाई एसी पे चेकमार्फत २५ प्रतिशत नगद लाभांश भुक्तानी गरिने सूचनामा उल्लेख छ । आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा शुक्रबार १० बजेदेखि १ बजेभित्र लाभांश वितरणको व्यवस्था मिलाइएको बताइएको छ । 

इकाइधनीहरुले काठमाण्डौको नयाँबानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको कार्यालयमा गएर नगद लाभांश बुुझ्न सक्नेछन् । 

इकाईधनीहरुका लागि नगद लाभांश बुुझ्ने सम्बन्धमा प्रकाशित सूचना हेरौं :