काठमाण्डौ । लक्ष्मी क्यापिटल लिमीटेडले आफ्नो व्यवस्थापनमा तेश्रो म्युचुअल फण्ड समेत संचालन गर्ने भएको छ । 

कम्पनीले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नति कोष नामको म्युचुअल फण्ड संचालनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १० रुपैयाँ प्रति इकाई दरका ८ करोड इकाई बिक्री गरी यो स्किम संचालन गर्न चाहेको हो । 

धितोपत्र बोर्डले कम्पनीले प्रस्ताव गरेको स्किमलाई पाइपलाइनमा राखेको छ । बोर्डबाट स्वीकृति भएपछि सो फण्डका इकाईहरुको बिक्री खुल्ला गरिनेछ । 

हाल लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले २ वटा म्युचुअल फण्ड संचालन गरिरहेको छ । ५ वर्षे अवधिको बन्दमुखी लक्ष्मी भ्यालू फण्ड १ रु. ५० करोडको हो भने लक्ष्मी इक्वीटी फण्ड चाहि १ अर्ब २५ करोड रुपैयाँको ७ वर्षे बन्दमुखी स्किम हो ।