काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डद्वारा लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

फन्ड सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। फन्डले यस योजनाका इकाइधनीहरुलाई ४.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

लक्ष्मी बैंक लिमिटेडको प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको योजना व्यवस्थापनमा यो फन्ड सञ्चालनमा रहेको छ।