काठमाण्डौ । लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७६/७७ का घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो इक्विटी फन्डले यही भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २२ गतेसम्म कायम इकाइधनीहरु पनि यो फन्डद्वारा घोषित प्रतिफल प्राप्त गर्न योग्य हुने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

गत शुक्रबार सम्पन्न फन्ड सञ्चालक समितिको बैठकले यो फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि  ४.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।