काठमाण्डौ । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ । 

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रु ५० हजार  सम्मको नगद पुरस्कार प्रदान गरिने छ । 

यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट  बैंकिङ्ग,मोबाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ ।

लक्ष्मी बैंकको मोबाइल मनी एप गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ । 
प्रतियोगिताको नियमहरु यो Link <https://www.laxmibank.com/my-mobile-money-video-contest>मा उपलब्ध छ ।