काठमाण्डौ । यो साता अमेरिकी डलरको भाउमा लगातार गिरावट आइरहेको छ।
पछिल्लोपटक गत शनिबार बढेको डलरको भाउ दुई दिन स्थिर रहँदै लगातार तीन दिनदेखि घटिरहेको छ। आज बिहीबार पनि डलरको भाउ घटेको छ। योसँगै डलरको भाउ तीनमा १.२२ पैसाले घटेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनियम दरअनुसार प्रतिडलर खरिददर १२०.८१ रुपैयाँ र बिक्रीदर १२१.४१ रुपैयाँ रहेको छ। डलरको भाउ हिजो बुधबारको तुलनामा ८० पैसाले घटेको हो।
हिजो बुधबार प्रतिडलर खरिददर १२१.३१ रुपैयाँ र बिक्रीदर १२२.२१ रुपैयाँ कायम भएको थिो। जुन मंगलबारको तुलनामा ३४ पैसाले घटेको थियो।
गत मंगलबार पनि डलरको भाउ ८ पैसाले घट्दै प्रतिडलर खरिददर १२१.६९ रुपैयाँ र बिक्रीदर १२२.२९ रुपैयाँ कायम भएको थियो।
गत सोमबार र आइतबार डलरको भाउ स्थिर रहेको थियो। यो दुवै दिन प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँ कायम भएको थियो। जब गत शनिबार ६१ पैसा भाउ बढ्दै प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँको उचाइमा पुगेको थियो।
डलरको भाउले गत बुधबार अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।
26 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago